कृष्ण सेन ‘इच्छुक’ बाँचेका भए ...

– खेम थपलिया
रसियन क्रान्तिले गोर्की र चिनियाँ क्रान्तिले लु सुनजस्तै नेपाली धर्तीमा महान् जनयुद्धले कृष्ण सेन ‘इच्छुक’ लाई जन्मायो । नेपाली धर्तीमा उनले गौरवपूर्ण बलिदान प्राप्त गरे । उनी क्रान्तिकारी आस्थाको रक्षार्थ सदैव प्रेरक भएका छन् । आफ्नै सहयोद्धाको गद्दारीका कारण तत्कालीन सत्ताले २०५९ साल जेठ ६ गते काठमाडौँबाट इच्छुकलाई गिरफ्तारी ग¥यो । करिब एक सातासम्म निर्मम यातना दिएर उनको हत्या गरियो  । २०४६ सालको जनआन्दोलन मार्फत जनताको सीमित नै भए पनि हक अधिकार प्राप्त गर्ने आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याएका इच्छुकको त्यसको रगत–पसिना सुक्न नपाउँदै त्यही कथित प्रजातन्त्रले उनको रगतलाई ठाडो घाँटी लगाएर घटघटी पियो । मध्ययुगीन शैली अपनाएर सीमित प्रजातान्त्रिक अधिकारको घाँटी निमोठ्दै, संवैधानिक व्यवस्थालाई दुरुपयोग गर्दै क्रान्तिकारी योद्धालाई, देश र जनताको आस्था र विश्वासको धरोहर एक होनाहार सांस्कृतिक योद्धालाई हामीले भौतिक रूपमा गुमाएको पनि १३ वर्ष भएछ । तत्कालीन प्रहरी अधिकृत विक्रमसिंह थापाले इच्छुकलाई अत्यन्त निर्मम, अमानवीय र बर्बतापूर्ण यातना दिएका थिए । हिरासतमा उनलाई किन्ने प्रयास भयो । प्रहरीहरू उनबाट पार्टीको गोपनीयता भङ्ग गराउन चाहन्थे तर त्यहाँ उनले आफ्नो वर्ग, क्रान्तिकारी आस्था र निष्ठाप्रति प्रतिबद्ध हुँदै आफ्नै अगाडि उभिएको मृत्युको कुनै पर्वाह नगरी भनेका थिए– “मेरो देशभक्ति मेरो मुटु झिके पनि तपार्इंहरू झिक्न सक्नुहुन्न । हामी देशभक्त क्रान्तिकारी हौँ । त्यसैले कुनै पनि देशद्रोही शक्तिले चाहे त्यो जतिसुकै शक्तिशाली होस्, हामीलाई जित्न सक्दैन ।” उनको बलिदान मुक्तिकामी आन्दोलनमा कहिल्यै नपुरिने गहिरो घाउ हो । इच्छुकको शब्द र कर्मबीचमा मेल थियो । सर्वहारा संस्कृतिका पर्याय इच्छुकको आदर्श वाक्य थियो– “मेरो स्वार्थ भन्नु देश र जनताको स्वार्थ हो ।” यस्ता आदर्शबोधी योद्धा इच्छुकको बलिदान महान् सहादतको सर्वोच्च शिखर पनि हो । वास्तवमा इच्छुक मुलुकको सुखद्, समृद्ध र सुन्दर भविष्यको दिशामा कृत–सङ्कल्पित क्रान्तिदूत थिए । क्रान्तिकारी जनताका अविजित र अटूट आस्थाका प्रतिबिम्ब इच्छुकको सहादतले बलिदानीपूर्ण गौरवको सगर चुमेको छ । उनको बलिदानीपूर्ण जीवनगाथाले सिङ्गो क्रान्तिकारी पङ्क्तिमा निराशा र पलायन होइन, बरु थप ऊर्जा, शौर्य, ओज र जिम्मेवारीबोधको सञ्चार गराएको छ । इच्छुकको उज्यालो गाथाले जनसांस्कृतिक आन्दोलनको दिशाबोध गरेको छ । भनिन्छ– असत्य, अवसान र अँध्यारोको विपक्षमा उभिएका इच्छुकलाई जल्लादहरूका यातना शिविरमा दिएको चरम यातनाबाट मुच्र्छित भएपछि दुवै खुट्टामा समातेर महेन्द्र पुलिस क्लबको चौरमा घिसारिएको थियो । दुस्मनका अँध्यारा कालकोठरीमा दुस्मनकै सामुन्ने क्रान्ति र परिवर्तनको आगो ओकल्ने इच्छुकले क्रान्तिले माग गरेको बलिदानको कोटा चुक्ता गरे । इच्छुकको शब्द र कर्मबीचको तादात्म्यले भावी पुस्ताका लाखौँलाख युवालाई मुक्ति र असीम चेतनाको मधुरीमा सञ्चार गरेको छ । इच्छुकको छातीमा दागिएको एउटा कविको छातीमा दागिएको गोली नभएर यो देशलाई माया गर्ने, जनताको मुक्ति आन्दोलनलाई आफ्नो जीवन बनाउने सुन्दर संसारको स्वप्नद्रष्टाहरूका नाभीस्थलमाथिको प्रहार गरिएको गोली हो । आज उनलाई सम्झनु भनेको हाम्रो जीवनलाई विचार, आदर्श, दर्शन अनुसार बनाउन प्रतिवद्धता व्यक्त गर्नु पनि हो । यो नै इच्छुकको ओजत्व र स्वत्व हो ।
आज धेरैको मनमा एउटै कुरा खेलिरहेको छ– इच्छुक आज बाँचिरहेका भए के लेख्थे होलान् ? के बोल्थे होलान् ? के गर्थे होलान् ? आदि आदि । इच्छुकले आज धेरै कुरा देख्न पाउँथे । उनको बलिदान पश्चात नेपालको राजनीतिमा धेरै उथलपुथल आएको छ । बलिदानका असङ्ख्य पिरामीडहरू खडा भएका छन् । आदर्शहरू ढलेका छन् । बेपत्ता योद्धाहरू बेखबर छन् । सहिद परिवारहरूको विचल्ली भएको छ । सपनाहरू मरेका छन् । जनमुक्ति सेना बजारको मालमा परिणत भएका छन् । राष्ट्रियतालाई कुर्सीसित साटिएको छ । वर्गदुस्मन केहीका निम्ति हितैषी बनेका छन् । संविधानभा २०७० मा एमाओवादीको शर्मनाक पराजय भएको छ । प्रतिक्रियावादी सत्ता जनयुद्धकालीन मुद्दा ब्युँताउँदै माओवादीलाई धमाधम पक्राउ गरेर जेल हाल्न थालिएको छ । एमाओवादीको मुख्य नेतृत्वमा आएको भयानक वैचारिक विचलनका विरुद्ध किरण–बादलहरूले क्रान्तिको रातो झन्डा उठाएका छन् । आज यो झन्डा पनि खतरामुक्त रहेको छैन । यसलाई पनि विभिन्न दिशाबाट आएको दुषित हावाको झोक्काले ढलाउने, झुकाउने प्रपञ्च भइरहेको छ । पार्टीमा पूर्णकालीन कार्यकर्ताहरू बोझ भएका छन् । आत्मकेन्द्री व्यक्तिवाद र क्रान्तिकारी रूपवादले यहाँ पनि रडाको मच्चाउन थालेको छ । पार्टी ठालुहरूको क्लबमा रूपान्तरित हुने खतरा बढेको छ । कार्यदिशा, विचार, क्रान्ति, पार्टी र सङ्गठनात्मक जिम्मेवारीलाई गम्भीरतापूर्वक आत्मसात् गर्दै कार्यÔेत्रमा निरन्तर खट्नेलाई अपराधी र अराजक भन्दै ‘फलानो यो गुट’ को र ‘फलानो ऊ गुट’ को भन्दै कोर्रा बर्साउन थालिएको छ । कार्यकर्ताका कार्यक्षेत्रको काम र लगनशीलता नेताहरू देख्दैनन् । त्यो नदेखेपछि मूल्याङ्कन हुने कुरै भएन । यतिखेर देशभरका नेता तथा कार्यकर्ताहरूले देख्नुको कुनै तुक रहेन । आज पार्टी÷सङ्गठन च्यानलको ध्वस्त भएको छ । कागजमा रहेको ‘पार्टी सदस्यता’ बाहेक धेरैको अवस्था फरक रहेन । क्रान्ति÷पार्टी कसै–कसैको पेवा बन्न पुगेको छ । हुन त सङ्घर्र्ष हो जीवन, जीवन सङ्घर्र्ष हो । निरन्तर सङघर्È र सफलता असफलताका बीच फेरि पनि सङ्घर्र्ष, यही हो जीवन ! तर पनि आज पार्टी मुख्यालयमा नेता÷कार्यकर्ताको मूल्याङ्कन फारामको व्यापक दुरुपयोग भएको छ । नेता कार्यकर्ताबाट जी–हजुरीको भाÈा र व्यवहार खोजिरहेछन् । मानौ“ कि उनीहरू जनता÷कार्यकर्ताका मालिक हुन्, अन्नदाता हुन्, भविष्यका आधार हुन् । इच्छुक आज भएको भए सायद यिनीहरूलाई राम्रो सवक सिकाइदिन्थे । यसका विरुद्ध उनी निश्चय पनि आगो ओकल्थे । ढँटुवाहरूलाई झापड हान्थे । हुन त व्यक्ति मात्र असल भएर केही हुँदैन भन्ने कुरा हामी सबैलाई थाहा छ । पक्कै पनि संरचनात्मक विकासमा इच्छुकको विशेष पहल हुन्थ्यो । आज कतिपय इच्छुक निकट भनिएका मानिसका व्यवहार हेर्दा लाज लागेर आउँछ ।  आजका केही मानिस पद र पैसाको लागि जे गर्न पनि तयार रहेको उदाहरण सयौँ छन् । महान् साहित्यकार लु सुनले भनेका थिए– “आफ्नासित आ“खा जुधाएर कुरा गर अनि दुस्मनसित औंला ठड्याएर कुरा गर ।” माओले भनेका थिए– “स्पष्ट होऊ र स्पष्ट कुरा निर्धक्क राख ।” कर्यकताले यही कुरा सिके“, राजनीतिक स्कुलिङ नै यस्तै थियो तर आज विचार र व्यवहारबीचमा पटक्कै सङ्गति रहेन । आज माओवादी पार्टी विभाजित भएको छ । आज यसैलाई आधार बनाएर सहिद बेपत्ताको सपनालाई आघात पुगेको कुरा गर्न थालिएको छ । यस्तो प्रतीत हुन्छ– यहाँ माओवादीले झुटका पुलिन्दाको कारखाना खोलेका छन् । क्रान्तिलाई एकादेशको कथा बनाइएको छ । वास्तवमा यो माओवादीको आफ्नो वैचारिक आधारशिला र वर्गीयता कमजोर हुनु तथा उसको प्रतिवद्धतामा इमानदार नभएर देश र जनताप्रति आघात पुगेको हो । यसको मुख्य जिम्मेवारी मुख्य नेतृत्वले लिनुपर्छ । कार्यकर्ता तथा जनतालाई दोष थोपरेर अब कोही पनि उम्किन पाउनेछैनन् । जनताको विजयको कुनै विकल्प छैन । इच्छुक आज भएको भए हाम्रो साहित्यिक–सांस्कृतिक आन्दोलन उर्बर मात्रै होइन, निष्ठाको राजनीतिको मूल्य कति माथि हुन्थ्यो ! इच्छुक स्मृति तथा सांस्कृतिक बलिदान दिवसको सन्दर्भमा फेरि एकपटक इच्छुकका यी भनाइलाई स्मरण गर्रौँ– “सधैँ इमानदार र प्रतिबद्ध बनौँ, शब्द र कर्मप्रति, आदर्श र व्यवहारप्रति निष्ठावान् बनौँ । हाम्रो लेखन र सिर्जन अनुरूप हाम्रो जीवनशैली बनोस् ।”

Comments

Popular posts from this blog

ABOUT ME

एमाले महाधिवेशनका केही भाइरल फोटोहरु यसकारण भ्रामक

के उम्मेदवारी दर्ताका दिन बालेन रिसाएको भिडियो एआईबाट बनेको हो ?