बिबिसीमा मेरो जागिर
पत्रकारितामा देखिएको संक्रमणकाललाई सामना गर्दै अगाडी बढिरहने मेरो अठोट । सानैदेखि बिबिसी नेपाली सेवामा काम गर्ने प्रचुर रहर । करिब आधा दर्जन भन्दा बढि संचारमाध्यममा घुलमिल भैसकेको अवस्था । घटना २०७० साल चैत्र १८ गतेको हो । अचानक मेरो सुखका दिनहरु सुरुवात हुने भयो । बिबिसी नेपाली सेवामा काम गर्ने मेरो बाल्यकालको सपना पुरा भएकाले भित्रैदेखि पुलक्कित भएँ । अत्यन्तै खुसी भएँ । बिबिसीमा मेरो जागिर पक्का भएकोमा सबैभन्दा बढि बिबिसी नेपाली सेवाका प्रमूख रविन्द्र मिश्रलाई धन्यवाद दिन मन लाग्यो ।
उहाँकै कारण मेरो बिबिसीमा जागिर पक्का भएको हो । बिबिसीमा जागिरको सुरुवात गरेको खुसीयालीमा सबैलाई मोबाईलबाट एस्.एम्.एस्. गरेँ । अनि सामाजिक संजाल फेसबुकमा पनि स्टाटस लेखिहालेँ । आजबाट बिबिसी नेपाली सेवामा जागिर सुरु भएको भनेर । स्टाटसबाट नै बिबिसी जस्तो मिडियामा म जस्तोलाई जागिर दिएकोमा बिबिसी नेपाली प्रमूख मिश्रलाई धन्यबाद व्यक्त गरेँ ।

सबै साथिहरुले स्टाटसमा बधाईको कमेन्ट ओहिरो लगाईदिए । कसैले फोन गरेर बधाई दिए त, कसैले मोबाईलमा समेत एसएमएस गरेर बधाई दिन भ्याए । भित्रभित्रै खुसी लाग्न थाल्यो । बधाईको ओहिरोले दिनैभरी मन हाँसिरहेको थियो । अहिले काम गरिरहेको एकजना साथिले पनि फोन गरेर म सँग स्पष्टिकरण माग्नुभयो । अन्य पहिले काम गरेको रेडियोका साथिहरुले समेत मलाई फोन गरेर बधाई दिँदै खास कुरा के हो सोध्न थाले । कत्तिले त, आज रातीको तपाईको समाचार सुन्छु है भन्दै फोन राखिदिए । भित्रभित्रैको हाँसो त्यसै राख्न सकिन । अन्तिममा पोल खोलिदिएँ । पोहोर सालको पैचौँ यसपाली भने राम्रैसँग तिरिदिएँ जस्तो लाग्यो । बास्तविकता अर्कै छ । बिबिसीमा जागिर सुरु भएको भन्ने भनाई अप्रिल फुल मनाउने स्टाटस मात्रै थियो । मेरो स्टाटसमा कमेन्ट गर्नुहुने तपाई सबैलाई धन्यबाद ।
२०६९ सालको भ्यालेनटाईन
अप्रिल फुलको दिन अघिल्लो वर्ष म मोटरसाईकल दुर्घटनामा परेको थिएँ । एक्सिडेन्टमा परेर मेरो हातमा ६ भन्दा बढि टाँका लगाउनुपरेको थियो । त्यहि पिरको ब्यथा साथिहरुमाझ व्यक्त गर्दा सबैले हाँसोमा उडाईदिएका थिए । मेरो व्यथा सुनिदिने कोहि पनि पाएको थिईन । दाइने हातमा त्यत्रो घाउ हुँदा समेत घरमा आमाले थाहा पाउछ भन्ने डरले काठमाडौं झरेँ । रेडियो रियाज ९६.८ मा समाचार बनाउनुपरेको बाध्यात्मक अवस्था कहिल्यै बिर्षन सक्दिन ।

Comments
Post a Comment