के तिमि पनि मायाँ गर्छौ ?
कलेजको पढाई । खासै उपलब्धिमुलक हुँदैन । तै पनि त्यो दिन अल्छि मान्दै
कलेज गएँ । म पुग्दा आधा पिरियड सकिसकेको थियो । सेक्सन ए मा मेरा मिल्ने
साथिहरु रहेपनि ढिलाईका कारण सबै बेन्चहरु भरिभराउ थियो । सेक्सन बि तिर
लागेँ । साथीहरुसँग खासै परिचित थिईन म त्यो सेक्सनमा । तै पनि मे आई कम ईन
सर भन्दै कक्षा भित्र पसेँ । त्यहाँ पनि उहि बेन्चको समस्या । कहाँ बस्ने
समस्या आईलाग्यो । खाली बेन्च खोज्दै अलि पडाडी नै पुगेँ । सेकेण्ड लाष्टमा
एउटा बेन्चमा अलिक खाली ठाउँ रहेछ । सुन्दरताले भरिपूर्ण एकजना केटी
साथिसँग बेन्चमा बस्ने प्रमिसन मागेँ । उनीले सहजै मेरो भनाईलाई स्वीकरा
गरिन् । म त्यहि बसे उनी सँगै । ब्यागबाट कपी र गोजीबाट कलम निकालेर सरले
ह्वाईटबोर्डमा लेख्नुभएका अक्षरहरु टिपोट गर्न थालेँ । ब्याजलर दोस्रो
वर्षको अध्ययन सम्ममा पनि म सँगै बस्ने ती केटीलाई चिन्न नसक्दा आफैँमा
अचम्मित भएँ ।
यात्राका क्रममा उनी भन्दा धेरै राम्रीहरुको संगत गरेको छु । तर उनी एक नजर
र पहिलो शब्दमा नै मेरो मन भित्र बसिसकेकी थिई । उनी बेलाबेलामा मलाई
हेर्दै हासिरहन्थि । मैले सोधेँ–
“मैले त तपाईलाई कलेजमा पहिलोचोटी देख्दै छु । तपाईले चैँ मलाई देख्नुभाको थियो की नाई ?”
उनी बोलिनन् । अप्ठ्यो माने जस्तो गरिनन् । मैले वातावरणलाई सहज बनाउँदै
उनीसँग नजिकिने प्रयास गरेँ । अलिक मन दरो बनाएर सोधिहालेँ ।–
“तपाईको परिचय ?”
लज्जालु पाराले चुपचाप बसेको देखेर मैले फेरी भनेँ,–
“सहज हुन्छ भने मात्र, ....तपाईको नाम के हो ?”
अलिक अप्ठ्यारो मान्दै भनिन्,–“ह्याप्पी,... घर चाँहि धादिङ । अनि आफ्नो नी ?”
मान्छे साँच्चै ह्याप्पी थिइन् उनी । लवज र बोलीको मिठासपनले झनै मलाई लट्ठ
नै बनायो । आपसी गनथन मनथनमा नै हामीले त्यो पिरियडलाई समाप्त पा¥यौँ ।
त्यतिबेरसम्म सरले के के पढाउनुभयो हामीलाई केही थाहा भएन । गनथनमनथन अत्ति
नै महत्वपूर्ण थियो । हामीबिचको सम्बन्ध निक्कै नै नजिक बनाईदिएको थियो ।
आफ्नो परिचय उनीले त दिई भने, म पनि त्यतिकै बस्न सकिन ।
“म चाहिँ विप्लप हो है । मेरो घर पनि धादिङ ।”
हामीबिच घर, थर देखि हरेक विषयमा कुराकानी भयो । ह्याप्पीको गाउँमा म अहिलेसम्म पुग्न नसकेपनि उनी भने मेरो गाउँमा आएकी रहिछन् ।
भन्दै थिईन,–“तपाईको गाउँमा मेरो एउटा साथि थिई, अहिले बिहे भैसक्यो ।”
म झसँग भएँ । बुझ्दै जाँदा ह्याप्पीकी साथि त मेरी भाउजु पो हुन
आईपुग्नुभएको रहेछ । त्यतिकैमा केहि समयपछि सरको कक्षा सक्कियो । हामी सँगै
बाहिर निस्कियौँ । बाहिरिनेबित्तिकै मैले ह्याप्पीसँग मोबाईल नम्बर मागेँ ।
नम्बर दिन अलिक अप्ठ्यारो मानिन् जस्तो लाग्यो ।
वातावरण फेरी सहज बनाउने कोसिस गदैँ भनेँ,–“अप्ठ्यारो नहुने भए मात्र भनेको । नदिने भए पनि केहि छैन । म कर गर्दिन ।”
मेरो भनाईले ह्याप्पी प्रभावित भईन् । उनैले मेरो नम्बर मागिन् र आफ्नै
मोबाईलबाट मेरो नम्बर डायल गरिनन् । मेरो रो नं. जोड थियो । ह्याप्पीले रोल
नं. बिजोर बताएकीले बाँकि विषयहरु अर्कै सेक्सनमा पढ्नुप¥थ्यो । संधैँ
एकैठाउँमा बस्न पाए पनि हुन्थ्यो जस्तो लागिरहेको थियो । तर बिडम्बना हामी
छुट्टिनुपर्ने भयो । उनैका लागि मनभरि सम्झना लिएर म आफ्नो अध्ययातिर लागेँ
।
भोलीपल्टदेखि कलेज बन्द भयो केहि दिनका लागि । बिदाको समयमा मैलै
ह्याप्पीलाई धेरै नै मिस गरेको थिएँ । फोनमा कुरा गर्ने बिचार त हुन्थ्यो,
तर मोबाईलमा नम्बर डायल हुने बित्तिकै के बोल्ने भनेर डरको आतङ्क
मच्चिन्थ्यो । अरुसँग खुबै गफ लडाउन सिपालु म मा उ सँग बोल्ने हुत्ति
निकाल्न नसक्नुमा आफैँमा अचम्मित भैरहेको थिएँ ।
केहिदिनपछि फेरी कलेजमा पढाई सुरु भयो । यदाकदा कलेज गईहालेपनि ढिलो पुग्ने
म, त्यो दिन सबैभन्दा चाँडै पुगेँ । चारैतिर ह्याप्पी आएको छ की छैन भनेर
चियोचर्चामा लागेँ । तर कत्तै देखिनँ । सेक्सन २ मा आउँछिन् भन्ने आशाले म
त्यहि गएँ । पहिले बसेको बेन्चमा नै बसेँ । पढाउनका लागि सर भित्र पस्नुभयो
। तर ह्याप्पी आईनन् । ह्याप्पीको अनुपस्थितिले मलाई निक्कै नै स्याड
बनायो । तै पनि उनी आउने प्रतिक्षा गर्दै झ्यालबाट आँखा नचाईरहेँ । पढाई
सुरु भएको १५ मिनेटपछि हतारिदै ह्याप्पी आईरहेकी मैले झ्यालबाट देखेँ । म
एकदमै खुसी भएँ ।
त्यो दिन ह्याप्पीलाई पनि मलाई जस्तै कुन बेन्चमा बस्ने भन्ने अन्यौलता
थियो । कसोरी कसोरी उनी म बसेकै बेन्चमा ठेलमठेल गरेर बसिन् । एकै बेन्चमा
भएपनि हामीबिच कुराकानी गर्न मिल्ने वातावरण भने दिएन । त्यसैले मेरो मनमा
खसखस भैरहेको थियो कुरा गर्न नपाएर । पढाई कहिले सक्किएला र बाहिर गएर केहि
शब्दहरु उ प्रती व्यक्त गरौँला भनेजस्तै भैरहेको थियो । साँच्चै भनको, ४५
मिनेटको पिरियड पनि ४५ घण्टा जस्तै लाग्यो मलाई ।
केहि समयपछि परियड सकिएको घण्टी बज्यो । म धेरै नै ह्याप्पी भएँ ।
बाहिर आएपछि हामीबिच केहि समय गफगाफ भयो । गफैगफबाट निस्किएको साईनो अनुसार
उनलाई त मैले साली भनेर पो सम्बोधन गर्नुपर्ने रहेछ । झनै सजिलो हुने भयो
ह्याप्पीलाई मायाँको जालमा पार्न भन्ने लाग्यो ।
केहि दिनपछि फेरी कलेज बिदा भयो । कुरा नभएको धेरै समय भएकाले ह्याप्पीसँग
धेरै कुरा गर्ने आँट जाग्यो । मैले फोन गरेँ । उनीले मलाई त्यतिखेर तिमि
भनेर सम्बोधन गरिन् ।
म पनि के कम, उनले लगाएको सम्बोधन नै प्रयोग गरेँ । “ह्याप्पी सुन न, के भनेर बोलाम् ! साली की साथी ?”
ह्याप्पीबाट सहज उत्तर आयो ।–“छि...ह्या के को साली भन्ने नी ! साथि भन न ल !”
ह्याप्पीको प्रतिक्रिया मेरा लागि पुलक्कित बन्यो । हुन्छ भन्दै फोन
राखिदिएँ । बेलाबेलामा हामीबिच भेट नभएपनि फोनमा कुरा भईरहन्छ । तर मैले
उनीलाई मायाँ गर्छु भन्ने शब्द निकाल्न सकिरहेको छैन । मेरो मुटुमा छोटो
समयमा नै बास गर्न सफल ह्याप्पीलाई खै कसरी मायाँको प्रपोज गरुँ सोचिरहेछु ।
भ्यालेन्टाईन डे को दिनमा ह्यप्पीलाई कसरी प्रपोज गर्ने भन्ने मनमा
तरङ्गहरु उत्पन्न भैरहेछ ।

Comments
Post a Comment