बर्मेली प्रजातन्त्रवादी नेतृको किशोरकालदेखिको नेपाल आउजाउ
काठमाडौ, वैशाख १४ - सन् १९८५ मा बेलायतको लन्डनस्थित बुर्क पब्लिसिङ कम्पनी लिमिटेडले विदेशीहरूलाई नेपाल भ्रमणका लागि उत्प्रेरति गर्ने उद्देश्य राखेर एउटा पुस्तक प्रकाशित गर्यो, लेट्स भिजिट नेपाल । नेपालको इतिहास, जनजीवन, संस्कृति र रंगीन सुन्दर तस्बिरहरूसहितको त्यो पुस्तक एक जना बर्मेली महिलाले लेखेकी थिइन्, जसका पति नेपाल विशेषज्ञ बेलायती थिए ।
हो, त्यही पुस्तककी लेखिका जेठ अन्तिम साता नेपाल आउँदै छिन् । उनी हुन्, नोबेल पुस्कार विजेता म्यान्मार (बर्मा)की प्रजातन्त्रवादी नेतृ आङ साङ सुकी । प्रधानमन्त्रीसमेत रहेका बीपी मेमोरयिल ट्रस्टका अध्यक्ष सुशील कोइरालाको निमन्त्रणामा सुकी ३१ जेठमा नेपाल आउन लागेकी हुन्, जो दुई दिनको बसाइपछि १ असारमा फर्किने मोटामोटी टुंगो लागेको छ ।
बिमस्टेक (बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका मुलुकहरूको प्रयास) सम्मेलनमा भाग लिन प्रधानमन्त्री कोइराला फागुन तेस्रो साता बर्माको राजधानी न्यापित पुगेका थिए । बर्मा भ्रमणकै क्रममा २० फागुनमा कोइरालाले सुकीलाई उनकै निवासमा भेटेर नेपाल भ्रमणको निम्तो दिएका थिए । त्यही निम्तो स्वीकार गर्दै सुकी नेपाल आउन लागेकी हुन् ।
ट्रस्टका कोषाध्यक्ष तथा कांग्रेस नेता पुरुषोत्तम बस्नेतका अनुसार बीपी कोइरालाको शतवाषिर्की यसै वर्ष परेकाले त्यससम्बन्धी कार्यक्रममा सहभागिताका लागि अनुरोध गर्न कोइरालालाई भनिएको थियो । त्यसै अनुसार कोइरालाले निम्तो दिएका थिए । सुकीले बर्मामा स्थानीय चुनाव नहुने भयो भने समय मिलाएर आउने वचन दिएकी थिइन् ।
दुई महिना पनि नबित्दै प्रधानमन्त्री कार्यालयले ८ वैशाखमा सुकी नेपाल आउने खबर पायो । यसअघि भ्रमणको टुंगो भइनसकेकाले ट्रस्टले विस्तृत कार्यक्रम बनाएको थिएन । प्रधानमन्त्री कोइरालाका विदेश मामिला सल्लाहकार दिनेश भट्टराई भन्छन्, "उहाँ आउने कुरा बल्ल टुंगो लागेको छ । अब विस्तृत कार्यक्रम बनाउन लागेका छौँ ।"
सुकी नेपाल आउन चाहनुको कारण हो, नेपाल, नेपाली अनि यहाँको प्राकृतिक सौन्दर्यले उनको मनमस्तिष्कमा पारेको छाप । र, नेपालमै प्राप्त गरेको बुद्ध धर्मसम्बन्धी गहन ज्ञान । साथै, सुकीको परविार र उनले नेतृत्व गरेको दल नेसनल लिग फर डेमोक्रेसीको नेपालसँगको राजनीतिक सम्बन्ध ।
बुद्धत्वको ज्ञान नेपालबाट
सन् १९६० कै दशकमा सुकी पहिलोपटक नेपाल आएकी थिइन् । भारतका लागि बर्माको राजदूत रहेकी सुकीकी आमा खिन यीलाई नेपाल हेर्ने जिम्मेवारी पनि थियो । आमा नेपाल आउँदा सुकी पनि साथमा हुन्थिन्, जो त्यति बेला १४-१५ वर्षकी थिइन् । काठमाडौँ नःघलस्थित धर्मकीर्ति विहारकी प्रमुख (गुरुमा) धम्मावती (धर्मावती शाक्य)का अनुसार बालककालमै दार्जीलिङमा अध्ययन गर्न पुगेकी सुकीले त्यहीँबाट नेपालबारे धेरथोर जानकारी प्राप्त गरेकी थिइन् ।
कूटनीतिक जिम्मेवारीमा रहेकी आमा खिनसँग पहिलोपटक नेपाल आए पनि ती दिनहरूको जीवन्त सम्झना सुकीलाई नरहेको बताउँछन्, गत सालसम्म बर्मास्थित नेपाली दूतावासका उपप्रमुख एवं परराष्ट्र मन्त्रालयका सूचना अधिकारी कृसु क्षेत्री । क्षेत्री तिनै हुन्, जसले विसं ०६७ मा नजरबन्दमुक्त हुनुभन्दा एक साताअघि सुकीलाई भेटेर झन्डै साढे दुई घन्टा उनको नेपालसँगको सम्बन्धबारे कुराकानी गर्ने अवसर प्राप्त गरेका थिए ।
क्षेत्रीका अनुसार आफूसँगको भेटका बेला कीर्तिपुरमा बसेको र पटक-पटक गरी त्यो बेलाको नेपाल बसाइ डेढ वर्षजति रहेको स्मरण गरेकी थिइन् सुकीले । कीर्तिपुरबाट देखिने सुन्दर हिमालको छाप अहिलेसम्म पनि सुकीमा रहेछ । भावुक बन्दै सुकीले क्षेत्रीसँग भनेकी रहिछन्, 'नेपाल यति सुन्दर छ कि, कीर्तिपुरबाट हिमाल एकदम नजिक देखिन्छ ।' उनको पुस्तक लेट्स भिजिट नेपालले पनि उनमा पारेको प्रभाव झल्काउँछ । खासमा नेपालको सौन्दर्यपान अन्य विदेशीलाई पनि गराउन उनले उक्त पुस्तक लेखेकी थिइन् ।
'६० को दशकमा सुकीले माइकल एरिससँग बिहे गरेकी थिइन् । बेलायती नागरकि एरिससँगको विवाह सुकीको नेपालसँगको सम्बन्ध अरू मजबुत बनाउन निर्णायक बन्यो । एरिस हिमाली क्षेत्रको संस्कृति, जनजीवन र राजनीतिबारेका अध्येता थिए । उनको अध्ययन क्षेत्र थिए, तिब्बत, भुटान र नेपाल । धम्मावतीका अनुसार एरिस पीएचडीका क्रममा नेपाल र भुटान आउजाउ गररिहन्थे । साथमा सुकी पनि हुन्थिन् ।
सन् १९७१-७२ ताका एरिस सुकीका साथ फेरि नेपाल आए । काठमाडौँमा सुकीका लागि एउटै सहारा बनिन् धम्मावती । किनभने, अध्ययनकार्यका लागि एरीस फेरि काठमाडौँबाट बाहिरिएका थिए । सुकीका साथमा थिए वर्ष दिन पनि नपुगेका छोरा अलेक्जेन्डर । संयोगवश सुकी बस्ने ठमेलको आडैमा थियो, धम्मावती रहने नःघलस्थित धर्मकीर्ति विहार । धम्मावती सम्झिन्छिन्, "बिहान उठेदेखि बेलुकीसम्मको सम्पूर्ण समय मसँगै हुन्थिन् । सुत्न मात्रै होटल जान्थिन् । बिहानदेखि बेलुकीसम्मको खाना पनि उनी यहीँ खान्थिन् ।" उनका भनाइमा बौद्धमार्गी सुकीले त्यही बसाइका क्रममा बौद्धधर्मबारे भित्री ज्ञान पाइन् ।
सुकी नजरबन्दमै रहँदा उनका पति एरिसको सन् १९९९ मा निधन भयो । क्यान्सरका बिरामी एरिसले पत्नी सुकीलाई भेट्न चाहेका थिए । तर, बर्माको सैनिक सरकारले भेट्ने अनुमति दिएन । यो असह्य पीडा नजरबन्दमा रहेकी सुकीले कसरी सहन सकिन् होला ! तीन वर्षअघि क्षेत्रीसँगको लामो अन्तरंग कुराकानीमा सुकीले यसको रहस्य यसरी खुलस्त पारेकी रहिछन्, 'खासमा मलाई धैर्य गर्ने शक्ति गुरुमाले दिनुभएको हो । उहाँले दिनुभएको बुद्ध धर्मसम्बन्धी त्यही ज्ञानले मलाई यति धेरै शक्तिशाली बनाएको हो ।'
धम्मावतीसँग बुद्ध धर्मबारे ज्ञान लिन त्यस क्षेत्रवरपरका थुप्रै बौद्धमार्गी बालक र किशोर-किशोरी पनि आउँथे । सुकीको अंग्रेजी राम्रो थियो । उनले ती विद्यार्थीहरूलाई पढाउने इच्छा गरिन् र एक महिना पढाइन् पनि । १२ वर्षको छँदा सुकीबाट अंग्रेजी पढेका चिनीकाजी महर्जन, ५२, सम्झन्छन्, "म अंग्रेजीमा निकै कमजोर थिएँ । तर, सुकीले यति राम्रोसँग पढाउनुभयो कि एक महिना पढेपछि कहिल्यै अंग्रेजीमा फेल हुनुपरेन ।"
सुकीलाई नजरबन्दमा राखे पनि धम्मावतीले चाहेमा त्यहाँको सैनिक सरकारले उनीसँग भेट्नचाहिँ अवरोध गर्दैनथ्यो । कारण थियो, बर्मामा भिक्षु-भिक्षुणीहरूले पाउने उच्चस्तरको सम्मान । बर्मा जाँदा धम्मावती नजरबन्दमा रहेकी सुकीलाई भेट्थिन्, पारविारकि कुराकानी गर्थिन् ।
नजरबन्दमै छँदा भएको भेटमा आफूसँग सुकीले खुसुक्क भनेको एउटा कुरा धम्मावतीको स्मरणमा अहिले पनि ताजै छ । पतिको निधन र छोराहरूसँग पनि टाढा रहनुपर्दा दुःखी बनेकी सुकीले आफूलाई बौद्ध दर्शनबारे दीक्षित गराउने यी गुरुआमासँग भनेकी रहिछन्, 'यस्तो कठोर शासन छ यहाँ । बर्मा बस्न नसकिने भयो भने बस्नका लागि मेरो रोजाइ नेपाल नै हुनेछ । त्यहीँ एउटा घर किनेर ढुक्कसँग बस्ने मन छ मलाई ।'
समाजवादी सहयात्रा
२० फागुनमा न्यापितको इन्यालेकस्थित सुकी निवासमा कुराकानी हुँदै गर्दा अकस्मात् प्रधानमन्त्री कोइराला र सुकी दुवै भावुक बने । नेपालमा प्रजातन्त्रका लागि बर्मेली समाजवादी पार्टीले गरेको सहयोग र बर्मेली जनताको स्वतन्त्रता एवं सुकीको नजरबन्दबाट रिहाइका लागि नेपाली कांग्रेसले गरेको प्रयासबारे प्रसंग उप्किएपछि वातावरण भावुक बनेको बताउँछन् भेटमा सहभागी प्रधानमन्त्रीका सल्लाहकार भट्टराई । सुकीले कोइरालालाई दुवै मुलुक समान नियतिबाट अघि बढिरहेको बताएकी थिइन् ।
प्रधानमन्त्री कोइराला यतिबेला नेपाली कांग्रेसको सभापतिको जिम्मेवारी पनि सम्हालिरहेका छन् । विसं ००७ को क्रान्तिका लागि अधिकांश हतियार नेपाली कांग्रेसले बर्माबाटै प्राप्त गरेको थियो । दुवै पार्टी समाजवादमा विश्वास गर्ने भएकाले बर्माको सोसलिस्ट पार्टीले राणाविरुद्धको क्रान्तिका लागि हतियार उपलब्ध गराएको थियो ।
नेपाली कांग्रेसको इतिहासको प्रारूप पुस्तकका लेखक एवं कांग्रेस नेता पुरुषोत्तम बस्नेतका अनुसार बर्माको समाजवादी पार्टीसँगको सम्बन्धकै कारण त्यो क्रान्तिमा आवश्यक पर्ने हतियार तत्कालीन प्रतिरक्षामन्त्री एवं समाजवादी नेता उ बास्वेले नेपाली कांग्रेसलाई उपलब्ध गराएका थिए । बस्नेत भन्छन्, "बाटो बिराएको बहानामा महावीरशमशेरको हिमालयन एभिएसनको जहाज बर्मा पुग्यो । त्यही जहाजबाट ती हतियार ल्याइएको थियो । तिनै हतियारको सहयोगमा क्रान्ति सफल हुन सकेको हो ।"
००७ सालको क्रान्तिपछि बर्मेली समाजवादी र नेपाली कांग्रेसबीचको सम्बन्ध अरू मजबुत बन्यो । क्रान्तिलगत्तै बीपी कोइराला बर्मा पुगेका थिए, एसियाली समाजवादीहरूको एउटै केन्द्र निर्माण गर्न सरसल्लाहका लागि । बीपीकै पहलमा सन् १९५३ मा भएको एसियाली समाजवादीहरूको पहिलो सम्मेलनको आयोजक राष्ट्र बर्मा नै थियो । पछि त्यहाँ सैनिक कू भयो । यता राजा महेन्द्रले सेनाको बलमा कू गरी प्रधानमन्त्री बीपी कोइरालालाई गिरफ्तार गरे ।
दुई नेताबीचको २० फागुनको भेटमा पारीवारिक सम्बन्धबारे पनि कुराकानी भएको थियो । लोकतन्त्रका लागि लड्दा दुवै (कोइराला र सुकी) परिवारले जेल र निर्वासनको समान नियति भोग्नुपरेको बताएकी थिइन् सुकीले । भट्टराई भन्छन्, "यही कुरा सम्झेर कोइराला र सुकी दुवै भावुक बन्नुभयो ।"
सन् १९८८ मा बर्मामा सैनिक सरकारविरुद्ध आन्दोलन भयो । आन्दोलनको नेतृत्व सुकीले नै गरेकी थिइन्, आफ्नै नेतृत्वमा नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) स्थापना गरेर । एनएलडीमा ती पुराना नेताहरू सामेल थिए, जसको संलग्नता बर्माको त्यही पुरानो समाजवादी पार्टीसँग थियो, जसले ००७ को क्रान्तिमा नेपाली कांग्रेसलाई हतियार सहयोग गरेको थियो । सुकी र एनएलडीको नेतृत्वमा बर्मामा आन्दोलन भयो, सैनिक सत्ता चुनाव गराउन बाध्य भयो । चुनावमा सुकी नेतृत्वको एनएलडीले दुईतिहाइ स्थानमा विजय हासिल गर्यो ।
यता नेपालमा पनि कांग्रेस नेतृत्वमा पञ्चायतविरुद्ध जनआन्दोलन भयो । आन्दोलनपछिको चुनावमा नेपाली कांग्रेसले विजय हासिल गर्यो । कांगे्रेसका गरिजाप्रसाद कोइराला प्रधानमन्त्री भए । बर्मामा सुकी नेतृत्वको एनएलडीले दुईतिहाइ स्थानमा विजय हासिल गरे पनि सैनिक सरकारले सत्ता हस्तान्तरण गरेन । बरू उल्टै सुकीलाई नजरबन्दमा राखियो । ०६७ पुस अन्तिम साता मात्र उनी नजरबन्दमुक्त भइन् ।
नजरबन्दको अवधि सकिनु ठीक एक साताअघि २३ पुस ०६७ मा सुकीसँग भेट गरेका परराष्ट्र मन्त्रालयका सूचना अधिकारी कृसु (कृष्णकुमार सुवेदी) क्षेत्रीका अनुसार नेपाल र आफ्नो राजनीतिक जीवनबारे एउटा गजबको स्मरण सुनाएकी थिइन् सुकीले । एनएलडी स्थापना र आन्दोलन सुरु गर्नुभन्दा अघि पति एरिससँगै आफू नेपालमा रहेको बताउँदै सुकीले भनेकी थिइन्, 'त्यो छोटो नेपाल बसाइपछि एरिस बेलायततिर लागे, म बर्मा आएँ । नेपालमा भएको त्यही भेट नै एरिससँगको मेरो अन्तिम भेट हुन पुग्यो ।'
सुकी नजरबन्दमा परे पनि नेपाली कांग्रेस लामो समय सत्तामा रह्यो । सुकीको रिहाइका लागि नेपाली कांग्रेसले जहिल्यै आफ्ना सम्मेलन र अधिवेशनबाट प्रस्ताव पारति गर्ने गरेको बस्नेत बताउँछन् । यति मात्र होइन, बर्माको निर्वासित सरकारका श्रममन्त्री उ ला उ पटक-पटक नेपाल आइरहन्थे, सुकीको रिहाइका लागि सहयोग जुटाउन । बस्नेत सम्झन्छन्, "०६६ को सुरुमा पनि गरिजाबाबुलाई भेट्न आएका थिए । गिरिजाबाबुले उनीसँग सुकीको रिहाइका लागि विश्वव्यापी अभियान चलाउने बताउनुभएको थियो ।"
तर, गिरिजाप्रसाद रोग र वृद्धावस्थाले थलिन थालेपछि सुकी नजरबन्दबाट मुक्त भइन् । त्यसैले न सुकीले नेपालमा आफूलाई मन पर्ने नेता भेट्न पाइन्, न त नेपाली कांग्रेसको सभापतिका हैसियतले सुकीको रिहाइका लागि प्रस्ताव गर्ने गरिजाप्रसाद कोइरालाले नै सुकीलाई भेट्न पाए । सुकीलाई भेट्ने र नेपाल भ्रमणको निम्तो दिने अवसरचाहिँ सुशीललाई मिल्यो, जो अहिले गिरिजाप्रसादका उत्तराधिकारीका रूपमा नेपाली कांग्रेस र सरकारको नेतृत्व गररिहेका छन् ।
सुकीको पुस्तक
आङ साङ सुकीद्वारा लिखित पुस्तक लेट्स भिजिट नेपाल अध्ययन गर्ने हो भने नेपालबारे उनलाई कति गहिरो ज्ञान रहेछ भन्ने जानकारी मिल्छ । सुकीका पति माइकल एरिसले नेपाल घुमेर खिचेका रंगीन तस्बिरहरू समेटेर तयार पारएिको ९० पृष्ठको पुस्तकमा सुकीले नेपालको इतिहास, नेपालको संस्कृति र यहाँको जनजीवनबारे रोचक वर्णन गरेकी छन् । यस्तै पुस्तक सुकीले आफ्नो जन्मभूमि बर्मा र अर्काे दक्षिण एसियाको अर्काे हिमाली मुलुक भुटानका बारेमा पनि लेखेकी छन् ।
परराष्ट्र मन्त्रालयका सूचना अधिकारी एवं बर्माका लागि तत्कालीन कार्यवाहक राजदूत कृसु क्षेत्रीका अनुसार सुकीद्वारा लिखित नेपालबारेको यो पुस्तक सुकीसँग पनि रहेनछ । २३ पुस ०६७ मा सुकीसँगको भेटमा पुस्तकबारे जिज्ञासा राख्दा सुकीले भएजतिको पुस्तक नजरबन्दका बेला सरकारले जलाइदिएको जानकारी दिँदै उक्त पुस्तक एक प्रति पनि आफूसँग नरहेको
बताएकी थिइन् ।
© नेपाल साप्ताहिक

Comments
Post a Comment