विद्यार्थी संगठनहरु बखेडा झिक्दै,
जेठ १४ मा घोषित स्ववियु निर्वाचनलाई लिएर विद्यार्थी संगठनहरु बखेडा झिक्दै,
मिती सार्नुपर्ने १८ संगठनको मागमा, हार्ने डरले भाग्ने बहाना बनाएको अन्य संठनको आरोप
मिती सार्नुपर्ने १८ संगठनको मागमा, हार्ने डरले भाग्ने बहाना बनाएको अन्य संठनको आरोप
५ वर्षदेखि हुन नसकेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन यष वर्ष पनि विद्यार्थी संगठनहरुका लागि बखेडा झिक्ने राम्रै खुराक बन्न पुगेको छ । त्रिभुवन विश्वविद्यालयले विद्यार्थीहरुसँग बारम्बार छलफल गरेपछि यहि जेष्ठ १४ गते निर्वाचनको मिती घोषणा गरेपनि १८ विद्यार्थी संगठन यसको विरोधमा छन् । सत्ताशिन दलका विद्यार्थी संगठनलाई पहिले नै सुचना दिएर सुनियोजित ढंगले मिती घोषणा गरिएको भन्दै माओवादी निकट अखिल क्रान्तिकारी लगायत १८ विद्यार्थी संगठन आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्ने दाउमा छन् । कुनै पनि हालतमा निर्वाचन हुनुपर्ने भन्दै सत्तासिन दलका विद्यार्थी संगठनहरु मिती सारिनुपर्छ भनिनु हार देखि डराउनु रहेको ठिप्पणी गर्छन् ।
Comments
Post a Comment