सत्तारुढ र बिपक्षीको अडानले संबिधान निर्माण अलपत्र (अडियो रिपोर्ट)

सत्तारुढ र बिपक्षीको अडानले संबिधान निर्माण अलपत्र, ७ प्रदेशको प्रस्ताब संबिधानसभामा लैजानुपर्ने सत्तारुढको ढिपी, मुडभेड निम्तने प्रतीपक्षीको चेतावनी

सत्तारुढ र विपक्षी दलहरुको अडान र रस्साकस्सीले संबिधान निर्माणको काम अन्यौलमा परेको छ । संबिधानका अन्तरबस्तुमा सहमति जुटाउने जिम्मेवारी पाएको संबैधानिक राजनीतिक संबाद तथा सहमति समितिले पटक पटक थप गरिएको समयमा समेत सहमति जुटाउन नसकेको र प्रतिबेदन समेत संबिधानसभामा नपठाएपछि संबिधान निर्माणको काम अलपत्र परेको हो । सत्तारुढ दलहरुले संबाद समितिमा प्रस्तुत गरेको सात बुँदे प्रस्ताबमाथि छलफल गर्न नदिने प्रतिपक्षि दलहरुको रणनीति र छलफल गर्न पाउनु पर्ने बहुमत सदस्यहरुको हस्ताक्षर संकलनले समस्या जटिल भएको हो । २०७१ साल मंसिर २ गते तयार पारिएको रिपोर्ट
Listen Report   Download Report

Comments

Popular posts from this blog

ABOUT ME

एमाले महाधिवेशनका केही भाइरल फोटोहरु यसकारण भ्रामक

के उम्मेदवारी दर्ताका दिन बालेन रिसाएको भिडियो एआईबाट बनेको हो ?