पत्रकार टेकमान शाक्यलाई धम्की दिएकोप्रति नेवाः पत्रकारको ध्यानाकर्षण (नेवाः पत्रकार राष्ट्रिय दबू)

पत्रकार टेकमान शाक्यलाई टेलिफोनमार्फत त्रसित बनाएर धम्की दिएकोप्रति देशभरका नेवार पत्रकारहरुको साझा संस्था नेवाः पत्रकार राष्ट्रिय दबूको गम्भीर ध्यानाकर्षण भएको छ । पत्रकार राष्ट्रिय दबू धादिङ जिल्ला शाखाका सदस्य समेत रहनुभएका नेप्लिज टाइम्स डटकमसँग आवद्ध रहेका पत्रकार शाक्यलाई समाचार कन्टेन्ट बनाएकै आधारमा आतंकित बनाउनु खेदजनक छ । पत्रकार शाक्यले सुरक्षा थ्रेटकै कारणले असाेज ३ गते शुक्रबार फेसबुकमार्फत ‘मलाई अहिले पनि थ्रेट आईरहेको छ । नयाँ नम्बरबाट । ज्यानको सुरक्षाको भिख माग्दै छु ।’ पोष्ट गर्नुभएको थियो । 

पत्रकार शाक्यको अनुसार उहाँलाई धम्की दिनेहरु क्रमशः नेकपा एमालेका नेता तथा पूर्व उद्योगमन्त्री महेश बस्नेत र उहाँका शुभचिन्तकहरु हुन् । नेपालको संविधानको परिपालना गर्न/गराउनुपर्ने दायित्व बोकेका जिम्मेवार व्यक्तित्वले समाचार कन्टेन्टमा रहेका असन्तुष्टि सम्बोधन गराउनको लागि कानुनी बाटो हुँदाहुँदै पत्रकारलाई धम्काउनु गलत छ । अभिव्यक्ति स्वतन्त्रता, सुचनाको हक तथा निर्वाध रुपमा बोल्न र हिंड्न पाउनुपर्ने अधिकारलाई कुण्ठित हुनेगरी भएका गतिविधि गैरन्यायिक छन् । 

पेशागत अधिकार संकुचन हुनेगरी पत्रकारलाई धम्की दिनेहरुलाई तत्काल कारबाही गर्न तथा शाक्यको शान्ति, सुरक्षाको लागि सरकारसँग माग गर्दछ । पत्रकारको नैसर्गिक अधिकारमा अवरोध नगर्न समेत पत्रकार राष्ट्रिय दबू आग्रह गर्दछ ।

केके मानन्धर

महासचिव

नेवाः पत्रकार राष्ट्रिय दबू

अर्काईभ लिंक यहाँ छ ।




Comments

Popular posts from this blog

ABOUT ME

एमाले महाधिवेशनका केही भाइरल फोटोहरु यसकारण भ्रामक

के उम्मेदवारी दर्ताका दिन बालेन रिसाएको भिडियो एआईबाट बनेको हो ?